You are viewing the translated version of रेडियोधर्मी स्रोत उपर नियमन.

Section 23
रेडियोधर्मी स्रोत उपर नियमन
(१) नियमनकारी निकायले रेडियोधर्मी स्रोत, पदार्थ तथा सोसँग सम्बन्धित यन्त्र तथा उपकरणको नियमन गर्ने प्रयोजनको लागि आवश्यक मापदण्ड तोक्नेछ।
(२) नियमनकारी निकायले स्रोतको सुरक्षित किसिमले व्यवस्थापन वा संरक्षण नभएको कारणबाट सर्वसाधारण र वातावरणमा पुग्न सक्ने हानि नोक्सानीको आधारमा त्यस्ता स्रोतको तोकिए बमोजिम वर्गीकरण गर्नेछ |
(३) इजाजतपत्रवालाले कुनै रेडियोधर्मी स्रोतको प्रयोग गर्दा मानव स्वास्थ्य वा जीवजन्तुलाई विकिरणजन्य हानि नोक्सानी पुग्न सक्ने, सम्पत्ति वा बातावरणमा हानि नोक्सानी हुन सक्ने जोखिम देखिएमा सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ।